वि.सं:
नेपाल संवत: ११४५ वछलाथ्व द्वादशी - १२
प्रदेश भरि तथा स्थानिय निकायका स्वास्थ्य संस्था बाट स्वास्थ्य सेवा प्रभावकारी रुपमा प्रदान गर्न स्वास्थ्य सामग्रीहरुको नियमित आपुर्ति तथा सबल व्यवस्थापन हुनु अत्यन्त जरुरि छ्।प्रादेशिक स्तरमा स्वास्थ्यसेवाको आपुर्तिका लागि प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रको स्थापन गरिएको हो। यो कार्यालय सविकको क्षेत्रिय मेडिकल स्टोर लाइ आपुर्ति केन्द्रको रुपमा खोलिएको हो। यस आपुर्ति केन्द्रले अत्यावस्यक औषधि, परिवार नियोजनका साधन्हरु , खोप तथा खोपजन्य सामाग्री, मातृशिशु स्वास्थ्य सम्बन्धि सामाग्रीहरु, स्वास्थ्य सम्बन्धि आवस्यक औजार उपकरण तथा आयुर्वेद औषधि औजारहरु खरिद गर्ने साथै संघबाट प्राप्त भएका औषधि,भ्याक्सिन तथा स्वास्थ्य सामाग्रिहरु बागमती प्रदेशका सबै जिल्ला स्वास्थ्य कार्यालय तथा अस्पतालहरुमा नियमित तथा माग बमोजिम पठाउने गरिन्छ। खोप कार्यक्रमका लागि आवस्यक पर्ने भ्याक्सिन्, घोलक तथा सिरिञ आपुर्ति गर्ने गर्दछ।
यस वेवसाईटको माध्यमबाट जिल्लाहरुसँग समन्वय सहज हुने र आपुर्ति सम्बन्धि सुचना समयमै पुर्याउन सहज हुनेछ।यसबाट औसधि खरिद सम्बन्धि सुचनाहरु प्रकशन गर्ने तथा औषधि आपुर्ति तथा भन्डारण सम्बन्धि जानकारीमुलक अध्ययन सामाग्रि, निर्देशिकाहरु आउने दिनहरुमा अपलोड गरिनेछ।